डडेल्धुरा- डडेल्धुरामा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको आलिताल गाउँपालिकामा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् । घाइते दुबै जनालाई उपचारका लागी धनगढी रेफर गरिएको छ ।



दुर्घटनामा परि घाइते भएका आलिताल गाउँपालिका–५ घर भएका ४७ वर्षीया लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकारलाई धनगढी रेफर गरिएको प्रहरीले बताएको छ ।
अटो गोदामदेखि आलिताल–५ बहिरिसैन तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ ह १७४० नम्बरको अटो दुर्घटना भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।