
धनगढी- कैलालीबाट लागू औषधसहित युवक र युवती पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीको नयाँ बस्तीबाट एक ग्राम लागू औषधसहित सोही ठाउँका २३ वर्षीय भुपेश थापा र ३० वर्षीया दिपा बिष्ट बिहीबार साँझ पक्राउ परेका हुन्।


लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीको संयुक्त प्रहरी टोलीले दिपाको घरमा चेकजाँच गर्दा लागू औषध फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।