

धनगढी- कैलालीमा वन मुद्धाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन्। वन मुद्धाका फरार रहेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महरा कटान बस्ने ३६ वर्षीय बिरू बुढाथोकी मगरलाई प्रहरीले पक्राउ गरेको हो।



जिल्ला अदालत कैलालीले वन मुद्रामा २०७७ मंसिर १० गते दुई लाख ७५ हजार जरिवाना र तीन महिना कैद सजाय फैसला सुनाएका र फरार भएका मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।


इलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको प्रहरीले बुधवार साँझ उनलाई घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।उनीमाथि थप अनुसन्धान भइरहेको छ ।