धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ

Dadeldhura hospital

धनगढी- धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलबाट एक ग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय रोहित तामाङ मंगलवार दिउँसो पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बतएको छ।

Loading...