बाजुरा : तीन महिनामा बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु

बाजुरा- जिल्लामा मौसम बदलीसँगै भएको दैवी विपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ। सोमबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले सार्वजनिक गरेको विवरणअनुसार बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर एक–एक जनाको मृत्यु भएको थियो।

Ganyapdhura gau
Dadeldhura hospital

यसैगरी बाढी र पहिरोमा परी एकजना बेपत्ता हुनाका साथै तीन पशुचौपाया र ३० जङ्गली जनावरको मृत्यु भएको थियो। बाढीपहिरो र चट्याङ लागेर एक पशुचौपाया घाइते भएको प्रहरी निरीक्षक दानसिं भण्डारीले जानकारी दिए। जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा दर्शनका लागि गएका दुई तीर्थयात्री लेक लागेर घाइते भएका थिए।

Navadurga sun
Godawari sandesh

महिला हिंसाका आठवटा उजुरी परेकामा सातवटाको सुनुवाइ भइसकेको छ। प्राप्त निवेदनअनुसार ज्येष्ठ नागरिक, महिला, बालबालिका गरी ११ जना हराएकामा छ जना फेला पारेको र पाँचजना अझै बेपत्ता भएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ।

नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी चौकी स्थापनाको माग भएर आए पनि जनशक्ति अभावका कारण चौकी स्थापना हुन सकेका छैनन्।स्थापना भएर सञ्चालन भएका प्रहरी चौकीहरू पनि जग्गा अभावका कारण भाडाका घरमा बसेर नागरिकलाई शान्ति सुरक्षा दिँदै आएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

 

Loading...