कैलालीका विभिन्न स्थानबाट एक लाख बढीका सामान बरामद

धनगढी- कैलालीका विभिन्न स्थानबाट एक लाख ३३ हजार ९ सय मूल्य बराबरका सामान बरामद गरिएको छ । जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको हो।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–२ शिखर टोलस्थित अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४२ हजार मूल्य बराबरको लेडिज सुट, प्लाजु सुट, मिठाई लगायतका सामान धनगढी उपमहानगरपालिका –३ पुरानो भन्सार कार्यालय नजिकबाट अन्दाजी ४८ हजार चार सय मूल्य बराबरको लेडिज सुट, चिनी लगायतका सामान बरामद गरिएको छ।

Navadurga sun
Godawari sandesh

त्यस्तै धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडबाट अन्दाजी १० हजार पाँच सय मूल्य बराबरको बिडी,गुट्का,सुर्ती लगायतका सामान र धनगढी उपमहानगरपालिका–१० चकमेलीघाटबाट अन्दाजी ३५ हजार मूल्य बराबरको लेडिज सुट,स्पोर्ट जुता,मिश्री लगायतका सामानहरू गरी जम्मा एक लाख ३३ हजार ९ सय मूल्य बराबरको सामानहरू शनिवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिइएको हो ।

Loading...