रैथाने बाली संरक्षण

बाजुरा- रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Ganyapdhura gau

यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, उवा, झुमरो, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारेको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी मीनप्रसाद जैसीले बताए ।

Navadurga sun
Godawari sandesh

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले संरक्षणमा जोड दिएको भनाइ उनको छ ।

Dadeldhura hospital

व्यावसायिक रूपमा खेती गर्ने किसानलाई प्रदर्शन कार्यक्रम अन्तर्गत ५०/६० हजार मूल्यको बिउबिजन, कृृषि औजार सहयोग गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको बताइएको छ ।

स्थानीय बजारमा फापर, कोदो र मकैको पिठो, कागुनो, झुमरो र उवाको माग बढेको छ । रैथानले बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।

कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाई खुवाउने गरेको छ । अहिले स्थानीय होटलमा समेत रैथाने बालीको विभिन्न परिकार पाइने गरेको छ ।

हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दालगायतका पालिकाले समेत रैथाने बालीको संरक्षण र प्रवर्धन गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । नयाँ र उन्नत जातको बाली भित्रिएसँगै रैथाने बाली हराउन थालेको स्थानीय किसान बताउँछन् ।

Loading...