बाजुरामा करेन्ट लाग्दा एक महिलाको मृत्यु

बाजुरा- बाजुरामा करेन्ट लाग्दा एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–६ बुढा कोर्ध बस्ने ४५ वर्षीया रेवती वडुवालको करेन्ट लगेर घटनास्थलमै आइतबार दिउँसो मृत्यु भएको हो।

सोही वडाको भेगुनी लेकमा बाख्रा चराउन गएको बेला सोही ठाउँस्थित कोर्धलिगार्ड लघु जलविद्युत आयोजनाको शाखा लाइनको विद्युतको तारमा छुन गई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...