Satyawati
Division ban Pahalmanpur

इजरायलमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई २ लाख राहत दिने सुदूरपश्चिम सरकारको निर्णय

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- इजरायलमा विद्रोही समूहको आक्रमणबाट मारिएका सुदूरपश्चिमका विद्यार्थीका प्रत्येक  परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार एक विज्ञप्ति जारी गर्दै २ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

Malpot office dadeldhura

शनिबार इजरायलमा विद्रोही समूहको आक्रमणबाट सुदूरपश्चिम विश्वविद्यालयका दश नेपालीको मृत्यु भएको थियो । साथै मुख्यमन्त्री शाहले मृतकका शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध पनि गरेका छन् । उनले सम्पर्कबिहीन रहेका र घाइते विद्यार्थीको उद्धार गरिदिन समेत अनुरोध गरेका छन् ।

sudur-paschim

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...