धनगढीमा चार टन अवैध आलुसहित ट्रक चालक पक्राउ

धनगढी- कैलालीबाट चार टन आलुसहित ट्रक चालकलाई पक्राउ गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित दक्षिणकालीबाट भन्सार छलीको चार टन आलुसहित ट्रक र चालकलाई आज (शनिवार) बिहान १० बजे नियन्त्रणमा लिइएको हो। बाँके जिल्लाको रुपडिया नाकाबाट ल्याइएको अवैध आलु धनगढीबाट जफत गरिएको हो।

भारत घर भई हाल धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली नजिकै बस्दै आएका ४७ वर्षीय संतिश गुप्ताले चलाएको युपी ७६ के ८२१४ नम्बरको ट्रकमा ३० टन आलु धनगढी ल्याइएको थियो।

Navadurga sun

२६ टन आलुको भन्सार काटेको पाइए पनि चार टन आलुको भन्सार नै नकाटेर भित्र्याएको पाइएको छ। प्रहरीले अवैध चार टन आलु, ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

ट्रकको करिब २० लाख र आलुको मूल्य एक लाख ८० हजार गरेर २१ लाख ८० हजार बराबरको समान नियन्त्रणमा लिएर कारबाहीका लागि त्रिनगर भन्सार कार्यालयमा बुझाइसकिएको प्रहरीले जनाएको छ।

 

ADD Khali jpg
Loading...