कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ५ शिवमन्दिर नजिकबाट ०.१८ ग्राम लागूऔषध सहित दुई जना बिहीवार पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त ४ का २५ वर्षीय सन्तोष तिरुवासहित दुई जना रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।

Loading...