कैलालीमा लागूऔषधसहित तीन युवक पक्राउ

धनगढी- कैलालीमा लागूऔषधसहित तीन युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ सोहनपुरबाट १० ग्राम २८० मिलिग्राम लागूऔषधसहित भारतको लखिमपुर खिरी निघासन तिकुनिया बस्ने २४ वर्षीय गुर्वेन्द्र सिंह र सोही ठाँउ बस्ने २१ वर्षीय कुलदिप सिंह बुधबार दिउँसो पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी भारतीय नम्बरको मोटरसाईकलसमेत १ थान बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिएको छ।

Navadurga sun

त्यस्तै धनगढी उपमहानगरपालिका-७ थारु छात्रावास नजिकबाट २३० मिलिग्राम लागूऔषधसहित धनगढी-८ बस्ने ३० वर्षीय रंजित चौधरी बुधबार साँझ पक्राउ परेका हुन्।

रंजितलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...