Satyawati
Division ban Pahalmanpur

लोटस आई क्रिकेट कप सुरु, पहिलो खेल लोट्स आई र सैनिक आवासिय बिच सम्पन्न

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया, १७ असोज । कैलालीको अत्तरियामा लोटस आई क्रिकेट कपको प्रतियोतिता सुरु भएको छ । अत्तरियामा रहेको क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको बुधबार गोदावरी नगरपालिका प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष गोपाल दत्त भट्टले एक कार्यक्रमका बिच क्रिकेट कपको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्नु हुँदै भट्टले खेल राष्ट्रकै पहिचान भएको हुँदा क्लबको उक्त कदम सर्हानिय भएको बताए । उनले खेल क्षेत्रको विकासका लागि नगरपालिका तयार रहेको समेत बताए ।

लोटस आई सेकेन्डरी स्कुलले प्रायोजन गरेको प्रतियोगितामा गोदावरी नगरपालिका मुख्य प्रवर्द्धक रहेको छ । आज (बुधबार) पहिलो खेल सैनिक आवासीय महाविधालय तेघरी र लोटस आई सेकेन्डरी स्कुल अत्तरिया बिच खेल भएको थियो ।

त्यस्तै बुधबार भएको पहिलो खेलमा लोट्स आई सेकेण्डरी स्कुललाई पराजय गरी सैनिक आवाशिय महाविद्यालयले ७६ रनले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

टस हारेर व्याटिङको अवसर पाएको सैनिक आवाशियले १९.५ ओभरमा सबै विकेट गुमाउदै १११ रन बनाउन सक्यो । सैनिकका लागि ओपनर सुशिल चन्दले ४६ रनको पारी खेलेका थिए । उनकै कारण सैनिकले निर्धारित २० ओभरमा सम्मानजनक स्कोर बनाउन सकेको थियो । चन्द बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेका थिएनन् । बलिङमा लोटस आईका आर्यन बोगटीले २ ओभर बलिङ गरेर ३ विकेट लिएका थिए । यस्तै योगेश खातीले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए ।

Malpot office dadeldhura

११२ रनको सामान्य लक्ष्य पाएको लोटस आई ११.३ ओभरमा सबै विकेट गुमाउदै ३५ रनमा सिमित रहनु पर्‍यो । लोटस आईका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सैनिक आवाशियका सुशिल चन्दले ४ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चिएका थिए ।

त्यस्तै प्रेम बोहराले २ ओभरमा ८ रन खर्चिएर ३ विकेट लिए । ब्याटिङ र बलिङमा उत्कृष्ट प्रर्दशन गरेका सैनिक आवाशियका खेलाडी सुशिल चन्द खेलको म्यान अफ द म्याच घोषित भए ।

उनले नगद १ हजार र ट्रफि प्राप्त गरे । प्रतियोगीतामा बिहिबार दुई ओटा खेल हुने आयोजकले जनाएको छ । बिहिबारको पहिलो खेल बिहान ९ बजे सत्यवती एकेडेमी र दुर्गालक्ष्मी नमुना मावि तथा दिउँसो साढे १ बजे ज्योती सेकेण्डरी स्कुल र जेके सेकेण्डरी स्कुल बिच हुने आयोजकले जनाएको छ ।

२६ गते सम्म चल्ने प्रतियोगितामा कैलाली र कञ्चनपुरका गरि ८ ओटा टिम सहभागी रहेका छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद १ लाख १ हजार रुपैयाँ ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । त्यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ ।

प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर लाई पनि पुरुष्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरणमा खेलाइने छ । प्रतियोगिताको कुल लगानी १२ लाख रहने क्लबका अध्यक्ष दिपेन्द्र गौतमले बताएका छन् ।

प्रत्येक दिनको प्रतियोगिताको तालीका यस्तो रहेकाे छः

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...