Satyawati
Division ban Pahalmanpur

धनगढी उपमहानगरपालिकाले तीन दिन धान नकाट्न किसानलाई आग्रह

Purbadhar dadeldhura

धनगढी- धनगढी उपमहानगरपालिकाले तीन दिन धान नकाट्न किसानलाई आग्रह गरेको छ। पानी पर्ने सम्भावना रहेको भन्दै उपमहानगरपालिकाले सोमबारदेखि बुधबारसम्म धान नकाट्न किसानलाई आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभागले पनि नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ।

Malpot office dadeldhura

यही समयमा पानी परेका कारण दुई वर्षअघि धनगढीमा ठूलो मात्रामा धानबालीमा क्षति पुगेको थियो। त्यस समयमा किसानहरूले धान काटेर राखेका थिए।

अहिले पनि पानी परे काटेको धानबालीमा क्षति हुनसक्ने भएकोले समयमै सचेत हुन उपमहानगरपालिकाले अनुरोध गरेको हो। सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुर अन्नको भण्डार पनि मानिन्छ। यहाँ उत्पादन भएको अन्न प्रदेशका पहाडी जिल्लालगायत अन्य प्रदेशमा समेत ढुवानी हुने गर्छ।

मनसुनको उत्तरार्द्धमा पानी परिरहेका कारण धानलगायत बालीमा क्षति पुग्ने अनुमान गरिएको छ। थप क्षति नपुगोस् भनेर उपमहानगरपालिकाले कृषकहरूलाई सचेत गराएको हो।

 

 

Dadeldhura Aspatal & Ban
Loading...