कञ्चनपुर र कैलालीबाट लाखौँ मूल्यका अवैध सामान बरामद

धनगढी- कञ्चनपुर र कैलालीबाट लाखौँ मुल्य बराबरका अबैध सामान प्रहरीले बरामद गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छलेर ल्याएका करिब तीन लाख १७ हजार सात सय मुल्य बराबरका जुता, लेडिज सुट, साडी, मोबायलको कभर लगायतका सामान प्रहरीले बरामद गरेको हो।

Dadeldhura hospital

त्यस्तै गड्डाचौकी ब्यारेलबाट करिब १५ हजार मुल्य बराबरका पटाका र बेलौरी नगरपालिका–६ भन्सार रोडबाट करिब ४२ हजार ६ सय मुल्य बराबरका सुर्ती, सुजी, प्लाष्टिक, सोयाबिन लगायत गरेर प्रहरीले तीन लाख ७५ हजार तीन सय मुल्य बराबरका सामानहरु आइतबार बरामद गरेको छ। प्रहरी गस्ती टोलीले ती सबै सामान बेवारिसे अबस्थामा फेला पारेको हो।

Navadurga sun
Godawari sandesh

यता धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट पनि अबैध सामान प्रहरीले बरामद गरेको छ। करिब ४४ हजार ४७० मुल्य बराबरका चिनी, लेडिज सुट, नमकिन, साबुन, नरिवल लगायतका सामान आइतबार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको हो।

त्यस्तै कैलारी गाउँपालिका–३ निमुवाबोझीघाटबाट पनि करिब सात हजार पाँच सय मुल्य बराबरका बोइलर कुखुरा आईतबार दिउँसो प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ।

Loading...