पत्ता लागेन मन्दिरको मुकुट चोर

डडेलधुरा- सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा भएको चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन। मन्दिरबाट चाँदीको मुकुट, मालालगायत एक सय तोला चाँदीका गहना चोरी भएको थियो। गत वैशाख ३० गते राति मन्दिरमा चोरी भएको थियो। चोरीमा संलग्न व्यक्ति सिसी क्यामरामा कैद भए पनि पक्राउ गर्न सकिएको छैन।

Ganyapdhura gau
Dadhaldhura pur

डडेलधुराको अमरगढी नगरपालिका–८, उग्रतारा मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक क्षेत्र हो। “मन्दिरमा चोरी भएपछि सिसी क्यामरामा कैद भएको भिडियो हेर्दा संलग्न व्यक्ति देखिएको थियो,” उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले भने, “तर व्यक्तिको अझै पहिचान हुन सकेको छैन।” काठमाडौँबाट आएको सिआइबी प्रहरीको टोलीले उक्त घटनाको अनुसन्धान गरेको छ। सिआइबीले स्थानीयवासीले अनुसन्धानमा सहयोग नगर्दा दोषी पत्ता लगाउन समस्या भएको जनाएको छ।

Navadurga sun
Godawari sandesh

मन्दिरनजिकको लटाउली गाउँका स्थानीय साँकी जाति उग्रतारा मन्दिरका पुजारी, करिया, भरिया छन्। मन्दिरसँग जानकार तथा वरिपरिका स्थानीयबाहेकले मन्दिरभित्र पसेर रातिको समयमा चोरी गर्ने सम्भावना कम रहन्छ। प्रहरी अधिकारी भन्छन्, “कान ढाक्ने गरेर टाउकोमा टोपी लगाएको, पछ्यौरी ओढेर शरीर ढाकेको व्यक्तिले निर्धक्क भएर ताला तोड्न दुई–तीन पटक यताउता हिँडेको भिडियो फुटेज सिसी क्यामरामा कैद भएको छ।”

केही भिडियो भने डिलिट गरिएको छ। यद्यपि प्रहरीले भने हालसम्म पनि अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्न सकेको छैन। स्थानीयलाई हुलियाबारे थाहा हुन सक्छ। एक प्रहरी अधिकारी भन्छन्, “स्थानीय बोल्न नै मान्दैनन्। त्यस कारण चोरीमा संलग्नको पहिचान हुन सकेको छैन।”

 

Couple
Loading...