कैलाली र कञ्चनपुरमा ११ लाख बढीका सामान बरामद

Dadeldhura hospital

कैलाली- कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका १० स्थित विभिन्न स्थानबाट भन्सार छली ल्याएका अन्दाजी पचास हजार मूल्य बराबरका कपडा,ब्लुटुथ स्पिकर,प्लाष्टिकको कुर्ची लगायतका सामान र गड्डाचौकीबाट अन्दाजी दश लाख ६७ हजार मूल्य बराबरका कोट पाइन्टको कपडा,सर्टको कपडा,ट्रेक सुट,जिन्स पाइन्ट,लेडिज सुट,मोबाइल कभर,चप्पल लगायतका सामानहरू शनिवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–३ बडाराबाट अवैध रूपमा भन्सार छली ल्याएका अन्दाजी १९ हजार सात सय मूल्य बराबरका चिनी,सोडा,मिठाई,चकलेट लगायतका सामानहरू शनिवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।

 

 

Loading...