आइतबार बडिमालिकामा सार्वजनिक बिदा

बाजुरा — अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । बाजुरा जिल्लाका विभिन्न स्थान तथा बडिमालिका नगरपालिकामा बढी महत्वका साथ मनाइने स्थानीय पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

विभिन्न वडामा लाग्ने दशैँ तिहार पछिको दोस्रो स्थानीय पर्व अनन्ते मेलाको अवसरमा आइतबार नगरपालिका भरीका स्थानीय तह अन्तरगतका सरकारी कार्यालय विद्यालय तथा संस्थाहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

बडिमालिका नगरपालिकाको २४ औँ कार्यपालिका बैठकको निणर्यानुसार नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय लगायत सबैमा सार्वजनिक बिदा हुने नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । हरेक वर्षको भाद्र शुक्ल पूर्णिमाका दिन लाग्ने अनन्ते मेला सदरमुकाम सहितका स्थानमा शुक्रवारबाट अनन्ते मेला सुरु भइसकेको छ ।

तीन दिन सम्म लाग्ने अनन्ते मेलाको अन्तिम दिन महत्त्वपूर्ण मानिने भएका कारण बडिमालिका नगरपालिकाले आइतबार अर्थात् भोली सार्वजनिक बिदा घोषणा गरेको नगरपालिकाले जनाएको छ ।

May be an illustration of text

Loading...