


कैलाली- कैलालीको गोदावरी नगरपालिका–९ सेहरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले सेहरीबाट धनगढी उपमहानगरपालिका–११ वेलादेवीपुरका ३५ बर्षिय हरिद्वारी रानालाई पक्राउ गरेको हो।


सेहरी गाउँको कच्ची सडकमा हिडिरहेको अवस्थामा शंका लागि लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पक्राउ परेका रानामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





