रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

अछाम- अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ। उनीहरू वर्ल्ड रेन्बो फेमली नामक समूहअन्तर्गत यहाँ आएका हुन्। ती पर्यटक तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले यहाँ जम्मा भएका हुन्।

विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा सांस्कृतिक कार्यक्रममा ती पर्यटक पनि सहभागी भए। रामारोशन घुम्न आएका ती पर्यटकलाई गाउँपालिकाले स्वागत गर्ने गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए। पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उनको भनाइ छ।

Navadurga sun

पर्यटकहरूलाई रामरोशन घुम्नका लागि विभिन्न सर्तसहित अनुमति दिने गरिएको उनले सुनाए। रामारोशन आएका विदेशी पर्यटक खुला चौरमा टेन्ट टाँगेर बसेका छन्।

रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किंवदन्ती छ। कतिपय यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन्।

रामारोशन गाउँपालिका– ६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बन्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। बाह्र बन्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ।

रामारोशनमा दर्जनौँ समथर फाँटहरू र यहाँ फुल्ने फूल यहाँका आकर्षण हुन्। पाटनमा डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ। रासस

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...