चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर

धनगढी- गौरिगंगा नगरपालिकास्थित चौमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल, लायन्स क्लब अफ चौमाला र मुस्कान डेन्टल होमको आयोजनामा शनिबार निःशूल्क शिविर भएको हो।

निःशूल्क शिविरमा दन्त रोगसम्बन्धी एक सय ७० जना र आँखासम्बन्धी ५ सय २१ जनाले सेवा लिएका थिए। जसमा आँखाको समस्या देखिएका ७० जनाको सर्जरी गर्नुपर्ने समस्या देखिएको थियो।

Bhancha ghar0

शिविरमा चेकजाचका लागि पुगेका बिरामीलाई औषधि निशुल्क रुपमा वितरण गरिएको थियो। धनगढीमा सञ्चालित मुस्कान डेन्टल होमले विभिन्न संघ संस्थासंग समन्वय गर्दै सामाजिक कार्य अर्न्तगत निःशूल्क दन्त शिविर तथा अन्य कार्यहरु गर्दै आएको छ।

डेन्टल होमले शिविर गर्नुका साथै विभिन्न संघ संस्थाका अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई छुटसहितको सेवा दिने सम्झौता पनि गरिरहेको छ।

प्रदेशमै नभएको एन–क्लास डिजिटल स्टेरिलाईजेसन प्रविधिद्धारा स्टेरिलाईजेसन गरिनुका साथै होममा दाँत खोल्ने, दाँत लगाउने, सफा गर्ने, सास गन्हाउने समस्याको उपचार, कीरा लागेको दाँत भर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँत मिलाउने साथै दाँतको जरैदेखि आरसीटी उपचार गर्ने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँत एक्सरे गर्ने लगायत दाँतसम्बन्धी समस्याको उपचार हुने गरेको होमका सन्दीप शर्माले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.