थ्रीडीभीएल बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न

अत्तरिया, ६ असोज । गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको थ्रीडीभिएल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा संस्थाको दोस्रो साधारणसभा सम्पन्न गरको हो ।

Ganyapdhura gau

Navadurga sun

संस्थाका अध्यक्ष दीपक ओझाको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धनगढीका प्रमुख कृष्ण रावल रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेन्द्र बहादुर ऐर, गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।

Dadhaldhura pur

सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुतगर्दै अध्यक्ष ओझाले संस्थाले कारोबार गरेको १ वर्ष पुरा भएको र छोटो अवधिमा उल्लेखनीय प्रगति गरेको पाउदा खुशि व्यक्त गरे । उनले विशेष गरी सबै शेयर सदस्यहरुले यस संस्थालाई निरन्तर रुपमा विश्वास गरी वित्तिय कारोवारमा साथै सहयोग, सल्लाह-सुझाब र हौसला प्रदान गर्दै आइरहेकोमा सम्पूणर् शेयर सदस्यहरु लगायत सञ्चालक टिमलाई हार्दिक आभार समेत व्यक्त गरे ।

उनले २०७९ साल जेठ १२, गतेबाट ३७ जना शेयर सदस्यहरुको १ लाख ८५ हजार रुपैयाँको कारोबारबाट सुरुवात गरेको संस्था आज १ बर्ष पुरा गर्दै जादा ५० लाख भन्दा माथिको कारोबार गर्न सफल भएको जानकारी दिए । साधारण सभामा आर्थिक वर्ष २०७९/०८० को सहकारीको आय-व्यय तथा वार्षिक लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

संस्थाका अध्यक्ष ओझाले प्रस्तुत गरिएको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९/०८० मा संस्थाको शेयर पुँजी गत वर्षको भन्दा ६ लाख ८६ हजार ले वृद्धि भई यस वर्ष ७ लाख ८१ हजार पुगेको छ । संस्थाको बचत तर्फ गत वर्षको भन्दा ३६ लाख ७७ हजारले वृद्धि भई यस वर्ष ४२ लाख १ हजार रकम बराबरको निक्षेप संकलन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै संस्थाको कर्जा तर्फ गत वर्ष सुरुवाती अवस्थामा लगानी सुन्य रहेको थियो भने हाल ३६ लाख २३ हजार बराबरको रकम संस्थाले कर्जामा लगानी गरेको छ । साथै संस्थाले आर्थिक बर्ष २०७९/०८० मा गरेको कारोबारबाट सम्पूर्ण खर्च कटाई २६ हजार बराबरको रकम मुनाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको पाइन्छ ।

संस्थाकी उपाध्यक्ष खगेश्वरी पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य तीर्थराज जोशीले गरेका हुन । साथै कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी, प्रतिनिधि प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...