कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी-  कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीका बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट भन्सार छली गरि ल्याएका अन्दाजी २० हजार ९ सय मूल्य बराबरको चिनी, लेडिज सुट, साडी, धोती लगायतका सामान र धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट अन्दाजी २२ हजार मूल्यका ताल्चा, रेती, बेल्ट, चस्मा लगायतका सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय अगाडीबाट भन्सार छली गरि ल्याएका अन्दाजी २० हजार ६ सय मूल्य बराबरको चिनी, तोरीको तेल लगायतका सामानहरु शुक्रवार दिउँसो प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ। उक्त सामानहरु आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ।

Loading...