भासु भीर दुर्घटनाः मोटरसाईकल चालकको मृत्यु

धनगढी- कैलालीको चुरे गाउँपालिका–५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ।
भीमदत्त राजमार्गमा तराईबाट पहाडतर्फ जाँदै गरेको से ६ प ८७२१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भिरमा खसेर शुक्रवार साँझ दुर्घटना हुँदा मोटरसाईकल चालक डोटीको जोरायल गाउँपालिका वडा नम्बर–१ बस्ने १९ वर्षीय भिमबहादुर बि।कको आज (शनिवार) बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भिर घाईते भएका भिमको उपचारका लागि पदमा अस्पताल अत्तरीयामा उपचार हुन नसकेपछि निसर्ग अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।

Navadurga sun

साथै दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाँउका ४५ वर्षीय ओम प्रकाश सुनारको पनि पदमा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि निसर्ग अस्पताल धनगढीमा ल्याई उपचार भईरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...