मङ्गलसेन- विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ ।



तुर्माखाँद गाउँपालिकामा रहेको कामेश्वरी माविबाट शिक्षक आन्दोलनमा गएका दुई जना शिक्षकको यातायात खर्च विद्यालयको आन्तरिक कोषबाट दिइने घोषणा गरिएको छ ।



आन्दोलनमा गएका विद्यालयका दुई जना शिक्षकलाई काठमाडौं जाने-आउने बस भाडा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज न्यौपानेको जानकारी दिए ।
“काठमाडौं जानेआउने बस भाडा विद्यालयको कोषबाट दिने निर्णयमा पुगेका छौं,” अध्यक्ष नौपानेले थपे, “दुई जनाको आठ-दश हजार खर्च होला त्यो पैसा विद्यालयको आन्तरिक कोषबाट दिने भएका छौं ।”
शिक्षित नागरिक उत्पादन गर्ने शिक्षकले गुणस्तरीय शिक्षा निर्माणका लागि विधेयकलाई सच्चाउन गरिएको मागमा विद्यालयको समर्थन रहेको बताइएको छ ।
सामुदायिक विद्यालय शिक्षालाई बलियो र गुणस्तरीय बनाउनका विद्यालय व्यवस्थापन समितिको स्पष्ट भूमिका हुनुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । शिक्षकहरुको प्रतिनिधिको रुपमा अछामबाट आन्दोलनमा सहभागी रहेको र विद्यालय बन्द रहेको अवस्था छ ।




