टीकापुरमा लागूऔषधसहित युवक पक्राउ

धनगढी- कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार प्रहरी चेक पोष्टबाट ४ ग्राम १७० मिलिग्राम लागूऔषधसहित बर्दगोरिया गाउँपालिका-२ बौनिया जगतपुरका २५ वर्षीय रबिन्द्र टमट्टा बुधवार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिईएको टोलीले चेकजाँच गर्दा टमट्टाको साथमा लागूऔषध फेला परेकाले पक्राउ गरेको बताएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...