कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी- कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ शंकरपुरस्थित सोही ठाँउ बस्ने कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्ने गौरीगंगा नगरपालिका–७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको सोमवार मृत्यु भएको हो।

साँझ सटर बन्द गर्ने क्रममा सटरमा बिद्युत चुहावट भएको कारण अचानक करेन्ट लागेर गम्भिर घाईते भएका चौधरीको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...