कैलाली र कञ्चनपुरबाट ९६ हजार बढीका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट प्रहरीले ९६ हजार बढीका सामान बरामद गरेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलनचोकबाट भन्सार छलिका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। ५३ हजार मूल्य बराबरका लेडिज सुट, सारी, धोती, चिनी लगायत सामान बरामद गरिएका हुन्।

Dadeldhura hospital

यस्तै प्रहरी गस्ती टोलीले आइतवार कैलालीको धनगढी वडा नम्बर ३ स्थीत राष्ट्रिय वाणिज्य बैङ्क नजिकबाट सात हजार पाँच सय मूल्यका बेवारिसे अवस्थाका बिडी बरामद गरेको छ। यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १० बिद्युत कार्यालय अगाडीबाट भन्सार छलिगरी ल्याएका ३५ हजार ९ सय १० मूल्यका अबैध सामान बरामद गरिएका छन्।

Navadurga sun
Godawari sandesh

चिनी, पेय पदार्थ (डिउ), बिष्कुट, नमकिन लगायतका सामानहरु प्रहरीले बेवारिसे अवस्थामा फेला पारेका हो। बरामद गरिएका उक्त अबैध तथा बेवारिसे अवस्थाका सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

 

Loading...