धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ

धनगढी- धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–२ त्रिनगर स्थित ब्यारेलबाट ३७० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका वडा नम्बर–१९ का १८ वर्षीय साजन जोशी बिहीवार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिईएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...