बाजुरामा दुई युवक कुट्ने अर्जुन पक्राउ, ७ जनामाथि किटानी

धनगढी- बाजुरामा दुई युवक कुट्ने अर्जुन रावतलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्र बोहराका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा खप्तडछेडेदह गाउँपालिका–७ का ४३ वर्षीय रावतलाई पक्राउ गरिएको बताए।

Ganyapdhura gau
Dadeldhura hospital

उनकाअनुसार कुटपिटमा संलग्न भएको आरोपमा अन्य ७ जनाको नाममा समेत किटानी जाहेरी दर्ता गरिएको छ। बाजुरामा वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको हो। जिल्लाको बुढिगंगा नगरपालिका–६ का राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

Navadurga sun
Godawari sandesh

खप्तडछेडेदह गाउँपालिकाले छेडेदह तालमा कृष्ण जन्माष्टिको दिन आयोजना गरेको वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको भिडियोसमेत सार्वजनिक भएको छ। डिएसपी बोहोराका अनुसार घाइते मध्ये नाथको टाउकोमा टाँका लागेको छ। उनीहरु धनगढीमा उपचार गराएर घर फर्किएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

 

Couple
Loading...