राजधानीका लागी गोदावरीको बिकल्प खोज्न सकिन्छ : मुख्यमन्त्री शाह

डडेल्धुरा-  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी गोदावरीमा हुने वा नहुनेबारे छिट्टै टुंगोमा पुग्ने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजधानीका विषयमा चाँडै टुंग्याउने बताएका हुन्।

Ganyapdhura gau

प्रदेशको राजधानी गोदावरी हुने वा नहुनेबारे गठबन्धनका दलहरूबीचमा आफूले छलफल थालिसकेको उनको भनाइ छ। ‘मैले गठबन्धनका दलहरूबीचमा छलफल सुरु गरिसकेको छ। गोदावरीमा राजधानी बनाउने दुई तिहाइको निर्णय पनि हो।

Navadurga sun
Godawari sandesh

विभिन्न कारणले त्यहाँ राजधानी बनाउने काम अघि बढ्न सकेको छैन,’ मुख्यमन्त्री शाहले भने, ‘अब हामी वन मन्त्रालयदेखि सरोकारवाला मन्त्रालयलसँग अनुमति लिएर राजधानी बनाउने प्रक्रियामा अगाडि बढ्छौँ।’

Dadhaldhura pur

उनले गोदावरीमा राजधानी बनाउने नसकिने अवस्था आए त्यसको विकल्प खोजिने पनि बताए। उनले एक चरणमा संघीय सरकारसँग यहाँको राजधानीका बारेमा सबै कुरा राखेर विकल्पको बारेमा पनि छलफल अगाडि बढाइने उल्लेख गरे।

‘राजधानीको विषयमा छिटोभन्दा छिटो हामी टुंग्याउने पक्षमा छौँ। एकपटक संघीय सरकारसँग यहाँको सबै यर्थाथ परिस्थितिबारेमा जानकारी गराउँछौँ। संघीय सरकार र सरोकारवाल मन्त्रालयले अनुमति दिए गोदावरीमै राजधानीको काम सुरु हुन्छ,’ मुख्यमन्त्री शाहले भने, ‘यदि गोदावरीमा भएन भने हामी विकल्पको रूपमा अन्य ठाउँमा पनि राजधानीको निर्णय गरेर अगाडि बढ्छौँ।’

उनले विकल्पको रूपमा राजधानी राख्ने ठाउँको नाम भने खुलाउन चाहेनन्। तत्कालीन नेकपा सरकारको पालामा १२ असोज ०७५ मा प्रदेशसभाले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने चुरेफेदीदेखि तेघरीको भावरसम्मको क्षेत्रमा बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको छैन।

मुख्यमन्त्री शाहले तत्काल सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन भइहाल्ने अवस्था नरहेको बताए। यदि आवश्यकता महसुस भएको खण्डामा प्रदेशको नामका विषयमा पनि छलफल चलाउन सकिने उनको भनाइ थियो।

उनले सुदूरपश्चिममा गठबन्धनको सरकार पाँच वर्षसम्मै चल्ने दाबी गरे। मख्यमन्त्री शाहले सुदूरपश्चिमको विकास र समृद्धिका पक्षमा प्रदेश सरकार कटिबद्ध भएर अगाडि बढिरहेको औंल्याए। उनले प्रदेश सरकारले यहाँको कृषि, उर्जा र पर्यटनको क्षेत्रलाई विषेश महत्वका साथ लिएर अघि बढेको बताए।

Couple
Loading...