किसान महासघं कैलालीको अध्यक्षमा पुनः जुगराम चौधरी

धनगढी– अखिल नेपाल किसान महासंघ कैलालीको अध्यक्षमा जुगराम चौधरी निर्बिरोध निर्वाचित भएका छन् । अखिल नेपाल किसान महासंघ कैलालीको ५औ अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा दोहोरिएका हुन् ।

Navadurga sun

महासंघको उपाध्यक्षमा बल बहादुर चौधरी र राधा जैशी सचिवमा इश्वर चन्द, उप सचिवमा इश्वर सिंह र टंक खड्का र कोषाध्यक्षमा पार्वती गिरि निर्बिरोध निर्वाचित भएका हुन् । महासंघले ३७ सदस्यीय कैलाली जिल्ला कमिटी निर्बिरोध निर्वाचित गरेको छ ।

अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापा को प्रमुख आथित्यतामा सम्पन्न भएको अधिवेशनमा महासघंका स्थाई कमिटि सदस्य नेपालु चौधरी, निर्वाचन आयोगका केन्द्रिय सदस्य रण बहादुर चन्द, एमाले कैलाली जिल्ला कमिटि कार्यबाहक उपाध्यक्ष दुर्गा जोशी, किसान महासंघ सुदूरपश्चिम अध्यक्ष मदन रेग्मी लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

ADD Khali jpg
Loading...