कैलाली र कञ्चनपुरमा फेरि बढ्यो गर्मी

कैलाली- कैलाली र कञ्चनपुरमा फेरि गर्मी बढेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहे पनि कैलाली र कञ्चनपुरमा वर्षा नहुँदा गर्मी बढेको हो।

मौसम पूर्वानुमान प्रणाली वेदर डटकमका अनुसार आज यी दुई जिल्लाको तापक्रम ३३ डिग्री रहेपनि सापेक्षिक आद्रता–हावामा पानीको मात्रा ८५ प्रतिशत भन्दा धेरै रहेकोले गर्मी बढेको हो।

Navadurga sun

आगामी तीन दिन यी दुई जिल्लामा वर्षाको सम्भावना अत्यन्त न्यून रहेको सो प्रणालीले देखाएको छ । शुक्रबार र शनिबार कैलाली र कञ्चनपुरको अधिकतम तापक्रम ३४ डिग्री पुग्ने प्रक्षेपण गरिएको छ।

सुदूरपश्चिमका केही पहाडी जिल्लाका थोरै ठाउँमा भने आज हल्का वर्षाको सम्भवना छ । बाजुरा, बैतडी, दार्चूला र डडेल्धुरामा आज राति थोरै स्थानमा छिटपुट वर्षा हुने सो प्रणालीको अनुमान छ । पहाडी जिल्लाहरुमा भोलि वर्षाको सम्भावना अत्यन्त न्यून रहे पनि पर्सी शनिबार केही स्थानमा वर्षा हुन सक्ने अनुमान छ ।

 

ADD Khali jpg
Loading...