डडेल्धुरामा ‘लम्पी स्किन’ रोगबाट एक हजारभन्दा बढी पशु चौपाया मरे

डडेल्धुरा- डडेल्धुरामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बाट १ हजारभन्दा बढी पशु चौपाया मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेलधुराले दिएको तथ्याङ्कअनुसार हालसम्म १ सय ९२ बाच्छा–बाच्छी, ५ सय ७३ गाई, ३ सय ५ गोरु, २१ भैँसीको मरेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

यो रोगबाट ३२ हजार ९ सय ६५ सङ्क्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

४ हजार ३ सय ८२ बाच्छा–बाच्छी, १६ हजार ४ सय ७६ गाई, १० हजार ४ सय ४० गोरु, ३ हजार ६ सय ६७ भैँसीमा सङ्क्रमण देखिएको छ ।सात वटा स्थानीय तह रहेको डडेल्धुरामा कुल १ लाख ४ हजार ७ सय २६ पशुको सङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Couple
Loading...