अब इसाइका लागी चिहानपनि बनाउँछु : मेयर भट्ट

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टले इसाईका लागि चिहान बनाउने बताएका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ मा ‘मिलाप बप्तिस चर्च’ को नव निर्मित भवन उद्घाटन गर्दै मेयर भट्टले इसाईका लागि चिहानघाट निर्माण गर्ने बताएका हुन् ।

Dadeldhura hospital

गोदावरी नगरपालिकाको सहकार्यमा ४१ लाखको चर्चका लागि भवन निर्माण गरिएको हो । भवन उद्घाटन कार्यक्रममा मेयर भट्टले कसैलाई जात, धर्मको आधारमा विभेद नगरिने बताए । उनले सबैले आ-आफ्नो आस्था, विश्वास धर्म सिदान्त अपनाउने अधिकार सबैलाई रहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैले नगरपालिकाले पनि सबैलाई समान अधिकार र नगरनगरपालिकाबाट पाउने सेवा सुबिधा दिने उनले भने ।’ इसाई समाजले राखेको माग अनुसार गोदावरी नगरपालिकामा छुट्टै चिहान उपलब्ध गराउने उनको भनाई छ ।

Loading...