बडिमालिका जात्रामा गएका तीर्थयात्रीको लेक लागेर मृत्यु

बाजुरा- बडिमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका– १ का २३ वर्षीय भरत बुढा रहेका छन्। बडिमालिकाको दर्शन गर्न गएका बुढा अक्सिजन अभावका कारण बाटोमै अचेत भएका थिए।

Ganyapdhura gau
Dadeldhura hospital

अचेत अवस्थामा भेटिएका उनको दुर्गाभञ्जनको गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका क्रममा गएराति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

यस्तै, अक्सिजन अभावका कारण अचेत भएकी कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहोराको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको छ।

सिकिस्त बिरामी बोहोरालाई थप उपचारका लागि अन्यत्र लैजान नेपाली सेनाको हेलिकोप्टरका लागि पहल भइरहेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बताए।

 

 

Loading...