
धनगढी- कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जनालाई पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका–६ नारायणपुरबाट १६० मिलिग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



पक्राउ पर्नेमा सोही ठाँउका २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय गोपी बिश्वकर्मा रहेका छन्। उनीहरु दुवै जनालाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। दुवै जनामाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ।




