बाजुरामा एक महिलाले बाटोमै जन्माइन् बच्चा

बाजुरा- बाजुराको खप्तड छेडेदहमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । खप्तड छेडेदह गाउँपालिका–१ काँडाकि ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी हुन् ।

Ganyapdhura gau

उनले घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका वडा न–१० स्थित पानीभुवाको सडक बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले जानकारी दिइन् । उनले उजेलीलाई बाटोमा व्यथा लागेर ढलेको अवस्थामा भेटाएकी थिइन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी उज्जलीलाई स्वास्थ्यकर्मीले घर पठाएका थिए । अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने बताएका थिए ।

तर आफन्तले भारतको दिल्लीमा लग्ने भन्दै घर फिर्ता ल्याएपछि बाटोमा बच्चा जन्माएको अनमी सार्कीले बताएकी छन् ।

बाजुरामा केही महिना पहिले पनि गौमुल गाउँपालिका ३ माँझपाली बस्ने २१ वर्षीया भाग्य चदाराले पनि बाटोमै बच्चा जन्माएकी थिइन् । बाजुरमा धेरै महिलाले बाटेमै बच्चा जन्माएका छन् ।

बाजुरामा ४ वर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदा सुत्केरीको मृत्यु हुने गरेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले बताए ।

Loading...