


प्रकाश बहादुर बोहरा/अत्तरिया, १० भदौ- कैलालीको गोदावरी नगरपालिकामा आँखा शिविर संचालन हुने भएको छ । गोदावरी नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय र च्यारीटी हेल्थ फाउण्डेसन नेपालको सहयोग र समन्वयमा नगरपालिकाका सम्पूण वडाका लाभान्भित हुने गरी १, ४, ५, ७, ८, ९, १० र ११ वडाहरुमा केन्द्र राखि निशुल्क आँखा शिविर संचालन गर्न लागेको हो ।


उक्त शिविर अन्तर्गत भदौ १९ गते वडा नं. १ को अत्तरिया शहरी स्वास्थ्य केन्द्र, २२ गते वडा नं ९ को बल्मी शहरी स्वास्थ्य केन्द्र, २४ गते वडा नं ८ को स्याउले शहरी स्वास्थ्य केन्द्र, २५ गते वडा नं ४ को हाटखोली, २६ गते वडा नं. ५ को लालपूर शहरी स्वास्थ्य केन्द्र, २९ गते बेलादेवीपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने भएको छ ।



यस्तै असोज ४ गते वडा नं. १० को खमौरा शहरी स्वास्थ्य केन्द्र, ५ गते वडा नं. ११ को गोदावरी स्वास्थ्य चौकी र ७ गते वडा नं ७ को जमुनाभाडी शहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने छ ।
जेष्ठ नागरिकहरुका लागि आखा जाँच सेवा निःशुल्क, नजिकको चश्मा वितरण तथा आवश्यक भएका व्यक्तिहरुको धनगढी नेत्रालयमा निःशुल्क आँखाको शल्यक्रिया गरिने गोदावरी नगरपालिकाद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । आँखा शिविरमा बिहान १०ः३० बजे देखि नाम दर्ता/जाँच सेवा सुरु हुने छ भने नामदर्ता शुल्क रु.२५।- लाग्ने जनाइएको छ ।






