मुस्तोलामा खानेपानीकै समस्या

बाजुरा- बाजुराको बुढीगङ्गा नगरपालिका–२, मुस्तोलाका बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छन्। समुद्री सतहदेखि एक हजार दुई मिटर उचाइमा रहेको यस गाउँमा पानीको मुहान नै नभएको बताइएको छ। अन्य ठाउँबाट पानी ल्याउन पनि करोडौँ रुपियाँ लगानी गर्नुपर्ने अवस्था रहेको मुस्तोलावासी बताउँछन्।

Ganyapdhura gau

विसं २०७९ पुसमा प्रदेश सरकारको आर्थिक सहयोगमा सोलारबाट पानी तानेर खुवाउने योजना लागु भए पनि पर्याप्त पानी नआउँदा समस्या भएको भनाइ स्थानीयको छ।

Navadurga sun
Godawari sandesh

मुस्तोलाकी ७० वर्षीय औला रावतले बिहे गरेर आएको छ दशक काटे पनि टाढाको गाउँबाट बोकेर ल्याएको पानी खानुपर्ने बाध्यता रहेको गुनासो पोखे ।

Dadeldhura hospital

सोलारले जमिनमुनिबाट पानी तानेर गाउँमा पानी पु(याउने योजना आए पनि घाम नलाग्ने भएकाले पुरानै समस्या झेल्नु परेको उनले बताए ।

मुस्तोलाकै राजुदेवी रावतले गाउँमा खानेपानी योजना पुगे पनि धारामा कहिले पानी आउने कहिले नआउने समस्या रहेको बताए । सो गाउँका सामाजिक अगुवा हर्क रावतले प्रदेश सरकारको बजेटबाट सोलारको माध्यमले बल्ल गाउँमा पानी पुगेको बताए ।

उनले भने, “सोलारको पावर भएपछि मोटरले पानी तान्छ। सोलार चार्ज नभएपछि भने मोटरले पानी तान्दैन।” बुढीगङ्गाका अन्य धेरै गाउँमा राष्ट्रिय विद्युत् लाइनबाट गाउँ झलमल्ल भएका छन् तर सो गाउँमा बत्ती नपुगेकाले पनि समस्या भएको हो।

गाउँमा योजना परे पनि सो योजना अनुसार यहाँका स्थानीयलाई पानी खुवाउन नसकेको मुस्तोला खानेपानी निर्माण उपभोक्ता समितिले जनाएको छ। केही समयपछि मुस्तोला गाउँमा राष्ट्रिय विद्युत् लाइन जोडेर त्यसैबाट स्थानीयलाई पानी खुवाउने योजना रहेको वडाध्यक्ष पदम भण्डारीले बताए ।

Loading...