सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

धनगढी- सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको ठुलो पर्व गौराका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोक पर्व हो। गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ।

Navadurga sun

पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान् शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ।

पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...