कैलालीमा मोटरसाइकल दुर्घटनामा घाइते प्रहरी जवानको मृत्यु

धनगढी-  कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा गत साउन १४ गते आइतवार साँझ सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

Ganyapdhura gau
Dadeldhura hospital

उक्त ट्याक्टरको ठक्करबाट अस्थाइ प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए। उनको मायामेट्रो अस्पतल धनगढीमा उपचारका क्रममा हिजो (सोमवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

अस्थायी प्रहरी पोष्ट राजपुर डोटीमा कार्यरत डाउका ४ दिन भैपरी आउने बिदामा रहेका बेला मोटरसाइकल दुर्घटनामा परेका थिए। उनको घर बझाङको तल्कोट हो।

 

Loading...