कैलालीमा नालामा माछा मार्दा महिलाको मृत्यु

धनगढी- कैलालीमा नालामा माछा मार्दा एक वृद्धा महिलाको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–१ पिपरकोटीको सुगुवा नालामा माछा मार्ने क्रममा ६० वर्षिया वेलासी डगौराको मृत्यु भएको हो।

सोमबार बिहान सोही वडामा रहेको सुगुवा नालामा माछा मार्ने क्रममा डगौराको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सो विषयमा थप अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...