धनगढीमा तीन युवायुवती लागु औषधसहित पक्राउ

धनगढी- धनगढीका तीन जना युवायुवती लागु औषधसहित पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह ९आरआइटी० ले लागु औषधसहित धनगढीका विभिन्न स्थानबाट लागु औषधसहित तीन जना युवायुवती पक्राउ गरेको हो।

सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोक नजिकबाट धनगढी–१७ का ३१ वर्षीय पप्पु राना र धनगढी–३ की १९ की करिष्मा छेडाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरआइटीले उनीहरूलाई शंका लागि चेकजाँच गर्दा तीन खैरो हिरोइन फेला परेको जनाएको छ।

Navadurga sun

यस्तै धनगढी उपमहानगरपालिका १५ कनरीबाट बेलीका १८ वर्षीय प्रदीप रानालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई शंका लागि चेकजाँच गर्दा ३१० मिलिग्राम खैरो हिरोइन फेला परेको थियो।

पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि प्रहरीले एक युवक र एक युवती धनगढी उपमहानगरपालिका–४ नाष्ट कलेज नजिकबाट परेका थिए । ०.०४ मिलिग्राम ब्राउनसुगरसहित धनगढी४ की २१ वर्षिया रुविता चौधरी र २१ वर्षकै करन चौधरीलाई पक्राउ गरेको थियो।

 

ADD Khali jpg
Loading...