
डडेल्धुरा- डडेलधुरामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–११ डौणीका १६ वर्षीय कृष्ण धामीलाई सर्पले टोकेको थियो। आइतवार बिहान करिब २ बजे धामीलाई सर्पले टोकेपछि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो।



सडक सुविधाबाट टाढा रहेको उनको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लगिदै थियो। बाटोघाटोे असुविधाकै कारण समयमा अस्पताल पुर्याउन नसक्दा धामीको बाटोमै मृत्यु भएको पारिवारि स्रोतले बताएको छ। धामी आलिताल गाउँपालिका ६ मा रहेको सिद्धभगवती माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत थिए।




