
डडेल्धुरा- डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजी ५५ वर्षका आलिताल७ बस्ने रामदत्त भट्ट शुक्रवार बेहोस अवस्थामा फेला परेका थिए।



भट्टलाई उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। जोगबुडा अस्पतालले उनलाई मृत घोषणा गरेको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।




