कैलालीको चुरेमा पहिरोले भासु खोला थुनियो

धनगढी- कैलालीको चुरे गाउँपालिका– ५, मैताडीमा पहिरोका कारण खोला थुनिएको छ। पहिरोले भासु खोला थुनिएर ताल बनेको स्थानीयले बताएका छन्।

खोला थुनिएपछि खरले छाएको एउटा गोठमा पानी पसेको र स्थानीय ११ वटा घर सामान्य जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।

Navadurga sun

उनले खोला थुनिएको ठाउँमा सुरक्षाकर्मीको टोली पुगेर खोल्ने काम गरिरहेको बताए। पहिरोले खोला थुनिएको ताल एकैपटक फुटे तल्लो क्षेत्रमा जोखिम हुन सक्ने बताइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...