सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

धनगढी- सुदूरपश्चिम प्रदेशमा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ।भोलि भदौ १ गते शुक्रवार ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

ओल्के पर्वको अवसरमा बिदा दिइएको सूचना राजपत्रमा उल्लेख गरिएको छ। भदौ संक्रान्तिलाई सुदूरपश्चिममा ओल्के सक्रान्तिका रुपमा मनाउने गरिएको छ।

Navadurga sun

ओल्के पर्वका दिनमा मिठोमसिनो खाने, आफन्तजनहरुलाई कोसेली दिने परम्परा रही आएको छ।पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर सुदूरपश्चिममा ओल्के मनाइन्छ।

ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ।

यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ। यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...