डडेल्धुरामा घरको छतबाट लडेर महिलाको मृत्यु

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो। हिजो (बुधबार) साँझ छिमेकी घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्।

घाइतेपछि डडेल्धुरा अस्पतालमा लगिएकोमा त्यहाँबाट रेफर गरि धनगढी लग्दै गर्दा बाटोमा उनको प्राण गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। अहिले शवको पोष्टमार्टम भइरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...