धनगढीगाउँ–जुगेडा जोड्ने सडक नाजुक

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँदेखि वडा नम्बर १० जुगेडा सिगाउँसम्म जोड्ने सडकको अवस्था नाजुक बनेको छ। छरसात वर्षदेखि बिग्रेको यो सडक अहिलेसम्म नबनाउँदा यस्तो अवस्था बनेको हो।

स्थानीय तहको पहिलो निर्वाचनका बेला यही सडक चुनावी मुद्दा पनि बन्ने गरेको थियो तर धनगढीगाउँ–जुगेडा सडक बन्न सकेको छैन। धनगढी गाउँको भगत चोकदेखि जुगेडा सिगाउँसम्म सडकमा खाल्टाखुल्टी परेको छ।

Navadurga sun

सामान्य वर्षामा पनि सडक हिलाम्मे बन्ने गर्छ। खाल्टाखुल्टी परेको हिलाम्मे सडकमा यात्रा गर्न सकस हुने गरेको छ। यसै गरी बिग्रेको सडकले दुर्घटनाको जोखिम पनि बढाएको छ।

बिग्रेको सडक बनाउनुको सट्टा धनगढी उपमहानगरपालिकाले पानी जमेको ठाउँमा केही गिट्टी हालेर जनताको आँखामा छारो हाल्ने काम मात्रै गरेको स्थानीय भुल्लीदेवी रानाले बताए । “धनगढीका अरू सबै सडक बन्छन् तर यही सडक बन्दैन,” रानाले आश्चर्य व्यक्त गरे ।, “यहाँका नेताहरूको पावर नै पुग्दैन कि क्या हो ?” सडक नबन्दा हिँडडुल गर्न समस्या रहेको भनाइ उनको छ।

धनगढीगाउँ–जुगेडा सिगाउँ जोड्ने सडकको दक्षिणतिर नेपाल–भारत सीमा क्षेत्र आसपासमा रहेका हरेक गाउँका सडक कालोपत्रे गरिएको छ। क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत यो सडक बनाउने भनिएकाले बिग्रेको ठाउँमा मर्मत गर्ने कार्य नभएको धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरीले बताए ।

धनगढीगाउँदेखि जुगेडा सिगाउँसम्म कालोपत्रे सडक बन्नका लागि आयोजना परेको उल्लेख गर्दै उहाँले अब केही समयपछि ठेक्का हुने उल्लेख गरे । “सडक बिग्रेका कारण वर्षायाममा हिलाम्मे भएको छ,” वडाध्यक्षले भने, “तर क्षेत्रीय सहरी विकास आयोजनामार्फत कालोपत्रे गर्ने भनिएकाले मर्मत गरिएको छैन।”

ADD Khali jpg
ADD Khali jpg
Loading...